शताब्दीपुरुष सत्यमोहन जोशीको कृति 'अरनिको' अब चिनियाँ भाषामा पनि

शुक्रबार, जेष्ठ ३, २०७६ साल,
काठमाडौं । वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको अनुसन्धात्मक कृति अरनिको चिनियाँ भाषा प्रकाशित हुने भएको छ ।

ललितपुरको बखुम्हालस्थिति जोशीको निवासमा शुक्रबार पुग्नुभएका चिनियाँ राजदुत होउ यान्छीले सो को जानकारी दिएकी हुन । सो कृति नेपाल र नेपाली भाषामा प्रकाशित भइसकेको छ ।

२०४४ सालमा राजा वीरेन्द्रले चीनको प्रधानमन्त्री र राष्ट्रपतिलाई उपहार दिन सो पुस्तक लिएर चीनको औपचारिक भ्रमण गरेका थिए ।

करिब ४५ मिनेटको भेटघाटमा जोशीले अरनिकोको बारेमा आफूले लेखेका कृतिहरु, अरनिको, नेपाल र चिनबिचको सम्बन्धको बारेमा चिनियाँ राजदूतलाई जानकारी गराए । संस्कृतिविद् जोशीले चिनियाँ साहित्यमा आफूले गरेका अध्ययन, अनुसन्धाका विषयमा समेत बताएका थिए

राजदूत यान्छीले जोशीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिएकी छिन् । जोशीले आफ्नो स्वास्थ्य अवस्था र उमेरका कारण भ्रमणका लागि असमर्थ रहेको बताए । भेटका क्रममा राजदूत यान्छीले संस्कृतिविद, जोशीलाई दीर्घजीवन र सुस्वास्थ्यको कामना सहित मायाको चिनो प्रदान गरिन् ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411