अब इसेवाबाट मेरो शेयर र डिम्याटको शुल्क तिर्न सकिने, मोबाइलबाटै शेयरको काम हुने

शुक्रबार, जेष्ठ ३, २०७६ साल,
काठमाडौं। अबदेखि मेरो सेयर तथा डिम्याटको शुल्क इसेवाबाटै तिर्न सकिने भएको छ। डिम्याट तथा मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने छ।

ग्राहकले आफ्नो मोबाईलबाटै शुल्क भुक्तानी गर्न सकिनेछ। इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकका इसेवाका एजेन्ट नेटवर्कबाट शुल्क भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

हालसम्म १७ वटा क्यापिटल तथा ब्रोकर कम्पनी इसेवामा आबद्ध भइसकेका छन्। इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५४ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्।

बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू दश लाख भन्दा बढि पुगेका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411