“नेपाल हिरो अफ ट्यालेन्ट” मा अडिसन दिनुहोस् र ७० लाख जित्नुहोस् !

शुक्रबार, जेष्ठ ३, २०७६ साल,
काठमाण्डौ । बहुप्रतिभाको मञ्च “नेपाल हिरो अफ ट्यालेन्ट”को अडिसन यहि जेष्ठ ५, ६ र ७ गते काठमाण्डौमा हुनेछ ।

काठमाण्डौको यति पार्टी प्यालेस ५, ६ र ७  गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म यति पार्टी प्यालेसमा बहुप्रतिभाको मञ्च “नेपाल हिरो अफ ट्यालेन्ट”को अडिसन हुनेछ ।

काठमाण्डौ र ललितपुर , भक्तपुर, किर्तिपुर, काभ्रे, धुलिखेल सिन्धुपाल्चोक लगायतका अन्य स्थानहरुबाट आफ्नो प्रतिभा प्रस्तुत गर्न अडिसनमा सहभागी हुन सक्नुहुनेछ ।

एन्जल मिडियाको प्रस्तुती अहिलेसम्मकै सबै भन्दा स्तरीय र ठुलो प्रतियोगीता “नेपाल हिरो अफ ट्यालेन्ट” मौलिक रियालिटी शो रहेको जहाँ  जुनसुकै उमेर समुहका बालक, महिला, युवा युवती वृद्धहरुले  आफुमा भएको ट्यालेन्ट जस्तै नृत्य, गायन, अभिनय, जस्ता कलाहरु प्रस्तुत गर्न सक्नुहुने छ ।  एक मात्र प्रतिभा होइन थुप्रै प्रतिभाहरु नृत्य, अभिनय गायन  जस्ता प्रतिभाहरु वरिष्ट गायक श्री आनन्द कार्की, वरिष्ट सगींतकार श्री ओम प्रकाश राई र एलिना बास्कोटाद्धारा  प्रतिभाहरुबाट उत्कृष्ट प्रतिभा छनौट गरिन्छ ।

७७ ओटा जिल्लाका प्रतिनिधि सहभागी हुने गरी देशको १४ ओटा प्रमुख शहरहरुमा यस रियालिटी शोको अडिसन भइसकेको छ पुर्वाञ्चलका ७ स्थानहरुको अडिसन सम्पन्न भइसकेको छ ।

खुल्ला अडिसनबाट प्रतियोगीहरु छनौट गरिन्छ। छनौट भएका प्रतियोगीहरुलाई जर्ज राउण्डको निम्ति काठमाण्डौमा बोलाइने छ ।

प्रतियोगीहरुलाई काठमाण्डौ बोलाई जर्ज राउण्डमा प्रतिस्पर्धा गराई भोटिङ्ग राउण्डको लागी छनौट गरिन्छ ।

फाइनल राउण्डबाट एक प्रतिभाशाली प्रतियोगीलाई विजेता घोषणा गरी रु ७० लाख नगद र नेपालको पहिलो हिरो ट्यालेन्ट घोषणा गरिन्छ । साथै दोस्रो हुने विजेतालाई रु २० लाख र तेस्रो हुनेलाई रु १० लाख र टपटेनमा पुगेका प्रतियोगीहरुलाई विभिन्न साँस्कृतिक कार्यक्रमद्धारा देश र विदेशमा भम्रण र एक वर्षसम्म अनलिमिटेड भिडियो र अडियो रेकर्डिङ्ग गराईने छ ।

अडिसन आवेदन फारम अडिसन स्थलमा नै गई भरेर अडिसन देखाउन सकिने छ । कलाक्षेत्रमा एक स्थापित कलाकार बन्ने सपना यस प्रतिभाको मञ्च नेपाल हिरो अफ ट्यालेन्टले पुरा गर्ने कार्यक्रमको प्रबन्धक निर्देशक तथा अडिसन टोलिका प्रमुख प्रेम कुमार श्रेष्ठले जानकारी दिएका छन् । “नेपाल हिरो अफ ट्यालेन्ट” रियालिटि शो अब चाडै नै हिमालय एचडि च्यानल मार्फत दर्शक माझ आउने प्रक्रियामा रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411