राष्ट्र बैंकबाट दुई अर्ब ३३ करोडको नागरिक बचतपत्र बिक्री
बिहीवार, जेष्ठ २८, २०७२ साल,
काठमाडौ । नेपाल राष्ट्र बैंकले जारी गरेको दुई अर्ब ५० करोड बराबरको नागरिक बचतपत्रमध्ये दुई अर्ब ३३ करोड ९४ लाख ३० हजारको मात्र बचतपत्र बिक्री भएको छ ।
बैंकले जेठ १२ गतेदेखि ८ प्रतिशत ब्याजदिने गरि हिजोसम्मको समयावधि दिएर नागरिक बचतपत्रमा लगानी गर्न सर्वसाधारणलाई आह्वान गरेको थियो ।
राष्ट्र बैंकले दिएको जानकारीअनुसार सो अवधिमा आह्वान गरिएको मध्ये रु १६ करोड बराबरको नागरिक ऋणपत्र बिक्री भएन ।
लगानीकर्ताको क्षमताअनुसारको नागरिक बचतपत्र बिक्री भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । उनका अनुसार ऋणपत्रमा मूल्यवृद्धि नहुने भएकाले पनि आकर्षण कम भएको हुनसक्छ ।
राष्ट्र बैंकले बजार निर्माताका रुपमा ५१ वटा बैंक तथा वित्तीय संस्थालाई सरकारी ऋणपत्रमध्ये राष्ट्रिय बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक एवम् दोस्रो बजार तथा वैदेशिक रोजगारपत्रको दोस्रो बजार कारोबार गर्न इजाजत प्रदान गरेको थियो । रासस
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »