‘भारतले नेपालको ६० हजार वर्ग किलोमिटर जमिन उपनिवेश' बनाएको विषय चीनमा उठ्यो

बिहीवार, जेष्ठ २, २०७६ साल,
काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालले भारतले नेपालको ६० हजार वर्ग किमि जमिन उपनिवेश बनाएको बताएका छन् ।

चीनमा सुरु भएको ‘कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ नामक एसियाली सम्मेलनमा सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार उद्घाटन गरेको उक्त कार्यक्रममा नेपालले बिहीबार बिहान धारणा राख्ने क्रममा सो कुरा बताएका हुन् । चीन सरकारको औपचारिक निमन्त्रणामा नेपाल कन्फरेन्समा सहभागी हुन बेइजिङ पुगेका हुन् ।

त्यसक्रममा उनले भारत बेलायती उपनिवेशबाट १९४७ मा स्वतन्त्र भएदेखि नै नेपालको जमिनमा उपनिवेश कायम गरेको धारणा राखे ।

चीनले आफ्नो सार्वभौमताको रक्षाको लागी युद्ध लडेको र उपनिवेश विरुद्ध शान्तिपूर्ण रूपमा हङकङ र मकाउ फिर्ता लिएको बिषयलाई समेत उल्लेख गर्दै नेपालको अधिनस्थ जमिन फिर्ता हुनुपर्नेमा नेपालको जोड थियो । सम्मेलन शुक्रबारसम्म चल्ने बताईएको छ । सम्मेलनमा विश्वभरका १२६ देशका प्रतिनिधि सहभागी छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411