एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने

बिहीवार, जेष्ठ २, २०७६ साल,
काठमाडौं । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । यसअघि प्राइम कमर्सियल बैंकसँग एक्विजिशन प्रकृयामा रहेको ओमलाई प्राइमसँग सम्झौता भाँडिए पश्चात एनएमबि बैंकले प्राप्ती गर्ने भएको हो ।

जेठ २ गते बिहिबार दिउँसो होटेल अन्नपूर्णमा दुई बैंकबीच एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।

दुबै बैंक तीन महिना भित्र मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार सुरु गर्नेमा सहमत भएका छन् । प्राइमसँग सम्झौता भाँडिएपश्चात राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिनाभित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो।

हाल स्वाप रेसियोको टुङ्गो लागिसकेको छैन। ओम डेभलपमेन्ट बैंकले मागेको १००ः ८० को स्वाप रेसियोमा मोटामोटी सम्झौता भएको छ ।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411