डिभिजन अधिकृतसहित २० जना विरुद्ध मुद्दा, को को हुन भ्रष्टाचारको मुद्दा खेप्ने

बुद्धबार, जेष्ठ १, २०७६ साल,
काठमाडौं । डिभिजन वन कार्यालय, हेटौंडा, मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हादप्रसाद धितालसमेत २० जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समुदायिक वनको काठ अवैधानिक रुपमा कटानी गरी २० लाख भन्दा बढी रकम बाँडेर खाएको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

साविक धियाल– २ हालको बकैया गाउँपालिका वडा नम्बर २ मा रहेको ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मर्दन सिं थिङसहित ठेकेदार, वन समिति र वन कार्यालयसमेतको मिलेमतोमा अवैधानिक रूपमा १११५४.४९ हजार क्यू फिट काठ कटानी आदेश दिएका थिए।

उनीहरूले १५० भन्दा बढी सालका हरिया रूख काटी गोलिया हिनामिना गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ। १ करोड ५८ लाख ७० हजार राष्ट्रिय वनभित्रको वन पैदावार कटान गरी हानीनोक्सानी पुर्‍याएको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411