किन कांग्रेस कार्यकर्ताले मन्त्री यादवमाथि कार्यकक्षमै हातपातको प्रयास गरे ?

बुद्धबार, जेष्ठ १, २०७६ साल,
काठमाडौं । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । उद्योग मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेका छन् ।

उनीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको स्रोतले जनाएको छ । कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ ।

उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुव्र्यवहार गरेको  मन्त्रीको निजी सचिवायलयले जनाएको छ । होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411