ग्लोबल आईएमई बैंकको ६ शाखारहित बैंकिङ सेवा

बुद्धबार, जेष्ठ १, २०७६ साल,
काठमाडौं । ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरूमा थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका–७, तेबाङमा १३३ औँ, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका–४, मुढा बजारमा १३४ औँ, बाग्लुङ्ग जिल्लाको बाग्लुङ नगरपालिका–१४, हटियामा १३५औँ, सिराहा जिल्लाको अर्नामा गाउँपालिका–३, रामजानकी बजारमा १३६ औँ, पाल्पाजिल्लाको पुर्वखोला गाउँपालिका–४, देवीनगरमा १३७ औँ र बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–७, रेश नुन्थलामा १३८ औँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

यी ६ वटै शाखारहित बैंकिङ सेवाहरू स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवी तथा स्थानीयवासीहरूको रोहवरमा उद्घाटन भएका छन् । यसका साथै बैंकले अत्तरीया शाखामा १४५ औं एटीएम पनि सञ्चालनमा ल्याएको जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411