कस्ले लगायो १ करोड २० लाख रुपैयाँ पर्ने मेयरको गाडीमा आगो ?

बुद्धबार, जेष्ठ १, २०७६ साल,
काठमाडौं । अछामको मंगलसैन नगरपालिकाका मेयरको गाडीमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेका छन् ।

मेयर पदम बोहराले चढ्ने गरेको बा २ झ ३६९४ नम्बरको गाडीमा आगो लगाइएको छ । गाडी आगजनीबाट पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगजनी कस्ने किन गर्यो भन्ने बारेमा अहिलेसम्म खुलेको छैन । प्रहरीले भने आगजनी गर्ने समूहको खोजि भइरहेको जनाएको छ ।

नगर प्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करीब १ वर्षअघि १ करोड २० लाख रुपैयाँमा खरीद गरेको थियो ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411