आज नेप्से १४ अंकले बृद्धि, १ अर्व ३ करोड रुपैयाँको कारोबार

मंगलवार, बैशाख ३१, २०७६ साल,
काठमाडौं । धितोपत्र बजारको परिसूचक नेप्से आज १४.४५ अंकले बढेको छ। सो अंक बढेसंगै नेप्से १ हजार ३ सय १५ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि १.५० अंकले बढेको छ।

आज जम्मा १७० कम्पनीको ३१ लाख ६६ हजार ४ सय ६७ कित्ता शेयर १ अर्व ३ करोड ७२ लाख ५८ हजार ७ सय २९ रुपैयाँमा कारोबार भएको छ।

बैंकिङ १४.१४, हाटेल्स १७.५७, बिकास बैंक ११.६, हाइड्रो पावर २.५९, फाइनान्स २.६९, निर्जिवन बीमा १४५.८४, उत्पादन ८४.७१, अन्य ०.०८, माइक्रो फाइनान्स ९.५, जीवन बीमा ४३.०८, सामूहिक कोष ०.०९ बिन्दुले बढेका छन भने ब्यापार ०.१७ अंकले घटेको छ।

आज सबै भन्दा बढी कारोबार नेपाल बैंक ९१० करोड०को भएको छ।  आज सबै भन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनीको साधारण तथा संस्थापक शेयर धनी रहे। शिवम सिमेन्ट, भार्गव बिकास बैंक, कृषि बिकास बैंक, कर्पोरेट बिकास बैंक, ओरियन्टल होटल्सका लगानीकर्ता रहे।

सबै भन्दा बढी गुमाउनेमा शूर्योदय लघुवित्त, जोशी हाइड्रो पावर, सपोर्ट माइक्रो फाइनान्स बित्तिय संस्था, ग्लोबल आइएमई सम्मुन्त एक, सुमित माइक्रो फाइनान्स, माउन्टेन हाइड्रो नेपाल, कालिका लघुवित्त बित्तिय संस्थाका लगानीकर्ता रहे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411