गहुँ र धानको फरक नबुझ्ने ‘पीएचडी’लाई कांग्रेसले अर्थमन्त्री बनाउँदा नेपाल अन्धयुगमा

मंगलवार, बैशाख ३१, २०७६ साल,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले सामाजिक न्याय वा उच्च आर्थिक वृद्धिमध्ये एक कुरा छाड्न अर्थमन्त्री डा। युवराज खतिवडालाई सुझाव दिएका छन् । सामाजिक न्याय र उच्चतम् वृद्धिदर सँगसँगै जान नसक्ने उनको तर्क छ ।

प्रतिनिधि सभामा मंगलवार आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (पूर्व बजेट) छलफलमा भाग लिँदै कांग्रेस नेता गिरीले समाजिक न्याय चाहेको भए उच्च आर्थिक वृद्धिको नारा छाड्न सुझाव दिएका हुन् ।

‘कांग्रेसको शासनकालमा गहुँ र धानको फरक बुझ्न नसक्ने अमेरिकाबाट पीएचडी होल्डर ९विद्यावारिधि गरेका० लाई अर्थमन्त्री बनाइयो । त्यस्ता अर्थमन्त्री जसलाई प्याजलाई पानी चाहिन्छ कि चाहिन्न भन्न नसक्ने मान्छे अर्थमन्त्री बने,’ गिरीले व्यंग्य गरे, ‘बीपीले लामो अध्ययनपछि भन्नुभयो, विकासको यो मोडेल हामीलाई चाहिँदैन, अमेरिकाको मोडल धान्न सकिँदैन । तर बीपीका उत्तराधिकारी हाम्रा प्रधानमन्त्रीहरूले पीएचडी गरेको भरसक अमेरिकामा पीएचडी गरेको, नभए जर्मनीमा पीएचडी गरेकोलाई अर्थमन्त्री बनाए ।’

पीएचडी होल्डर अर्थमन्त्रीको तथाकथित उदारीकरणको नाराले नेपाल अन्धयुगमा प्रवेश गरेको उनले दाबी गरे । ‘नेपालले विकासको वैकल्पिक धारणा ल्यायो भने नेपाल तेस्रो विश्वका लागि उदाहरण बन्छ । अर्थमन्त्रीलाई सुझाव छ – कि वृद्धिदरप्रति लाग्नुस् कि सामाजिक न्यायको कुरा गर्नुस् ।’

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411