टेलिकमले बाँड्यो निःशुल्क सिम, जनतामा छायो खुसी

सोमबार, बैशाख ३०, २०७६ साल,
काठमाडौं । नेपाल टेलिकमले विकट हिमाली जिल्ला बझाङमा निःशुल्क सिमकार्ड वितरण गरेको छ ।  टेलिकमले जिल्लाको बुंगल नगरपालिकाको देउलीकोट, दहबगर र जयपृथ्वी नगरपालिकाको ग्वानीमा टावर निर्माण गरेसँगै स्थानीय बासिन्दालाई सिमकार्ड वितरण गरेको हो ।

टेलिकमले सिम दिएपछि आफूलाई खुसी लागेको जयपृथ्वी नगरपालिका १० की बिना रसाइलीले बताइन । टेलिकमले सो क्षेत्रमा ४ सय ६० सिमकार्ड वितरण गरेको थियो ।

जिल्लाको ३ ठाउँमा नयाँ टावर बनेसँगै टेलिकमले बासिन्दालाई निशुल्क नमस्ते सिम वितरण गरेको टेलिकमका सहायक व्यापार अधिकृत बसोल ढुंगेलले बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411