१३०१ अंकमा नेप्से, ७८ करोड रुपैयाँको कारोबार

सोमबार, बैशाख ३०, २०७६ साल,
काठमाडौं  । सोमवार एक दिनको कारोबार अवधिभर नेप्से परिसूचक ६ दशमलव ३० अंक बढेर १३०१ दशमलव ३४ विन्दुमा बन्द भएको छ ।१२९५ दशमलव ९९ विन्दुबाट शुरु भएको नेप्से परिसूचक घटबढ हुँदै समग्रमा नेप्से बजार बढेको हो ।

सोमवार दिन भरिको कारोबारमा शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको अन्तिम शेयर मूल्य प्रति कित्ता रू ४९७ मा खरीद विक्री भई रू ११ करोड ४६ लाख कारोबार भएको छ । कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरणमा देखिएको नाफाले लागनीकर्ताहरुको शिवम् सिमेन्टमा आकर्षित भएको एक लगानीकर्ताले बताएका छन् ।

यस्तै दोस्रो स्थानमा प्राइम कमर्सियल बैंकको अन्तिम शेयर मूल्य प्रतिकित्ता रू ३७२ मा खरीद विक्री भई रू ६ करोड २४ लाखको कारोबार भएको छ । शिवम् सिमेण्टको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेको छ । सोमवारको कारोबारमा १६९ ओटा कम्पनीको ८ हजार ७२१ पटकको कारोबारमा रू। ७८ करोड ६४ लाख १२ हजार ८०८ बराबरको शेयर खरीद विक्री भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411