अन्तरवार्ता प्रकरण: एभिन्यूज टेलिभिजनको कार्यालयमा तोडफोड

सोमबार, बैशाख ३०, २०७६ साल,
पर्सा । वीरगञ्जमा रहकोे एभिन्यूज टेलिभिजनको कार्यालयमा सोमबार युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ नेशनल टे«डिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छरसात जनाको सङ्ख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् ।

मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । तोडफोड गर्नेमध्येका केही युवाको पहिचान भएको र उनीहरुको खोजी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले टेलिभिजन कार्यालयमा जडान भएको सिसी टिभीमा देखिएको तस्बीरको छानबिन भइरहेको र चाँडै घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

सो घटनाको नेपाल पत्रकार महसङ्घ प्रदेश नं २ र पर्सा शाखाले आजै विज्ञप्ति प्रकाशित गरी भत्र्सना गरेको छ । साथै घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ । अन्तरवार्ताको विषयलाई लिएर भएको सो आक्रमणको भत्र्सना गर्दै महसङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले संलग्नलाई कारवाहीको माग गरेका छन् ।रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411