पाइलट, डाक्टर, पत्रकार र नर्सलाई नेपाली सेनामा जागिरको अवसर

सोमबार, बैशाख ३०, २०७६ साल,
काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक समूहमा आवस्यक जनशक्ती माग गरेको छ। जंग अड्डाले प्राविधिक पदमा खाली ठाउँमा पदपूर्ती गर्ने भन्दै सार्वजनिक विज्ञापन प्रकाशित गरेको छ।

सेनाले लेखा तर्फ उपसेनानी सरह दर्जाका लागी आदिवासी जनजाति समूहमा १,महिला १,दलित १ र खुल्ला ४ गरी सात जना माग गरेको छ।

प्राध्यापक डाक्टर(मेडिकल)मा १ जना माग गरेको सेनाले एमबिबिएस डाक्टर १० जना माग गरेको छ भने डेन्टलमा ४ जना माग गरेको छ। त्यस्तै सैनिक उपचारिका २ जना अकुपेशनल थेरापिष्ट १ जना मागेको छ।

नेपाली सेनाले ५ जना पाइलट, १ पत्रकार र १ जना भेटेनरी डाक्टर माग गरेको छ। जागिरका लागि योग्यता पुगेका नेपाली नागरिकले नारायणहिटी दरबारबाट फारम लिइ जेठ २८ गतेसम्म बुझाइसक्नुपर्ने छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411