अब यी फोनमा चल्नेछैन ह्वाट्सएप

सोमबार, बैशाख ३०, २०७६ साल,
ह्वाट्सएपले हालै आफ्नो सपोर्ट सिस्टम पेज अपडेट गरेको छ । उक्त अपडेटेड पेजमा ह्वाट्सएपले थप एउटा अपरेटिंग सिस्टमको नाम जोडेको छ, जसका लागि आगामी दिनमा ह्वाट्सएपको सपोर्ट मिल्ने छैन ।

ह्वाट्सएप सपोर्ट बन्द भएसँगै कम्पनीले त्यस्ता डिभाइसमा कुनै अपडेट वा बग फिक्स उपलब्ध गराउने छैन । हालै ह्वाट्सएपले केही अपरेटिंग सिस्टमका लागि सपोर्ट बन्द गर्ने घोषणा गरेको छ । अब ह्वाट्सएप नचल्ने अपरेटिंग सिस्टम यी हुन्ः

विन्डोज स्मार्टफोनस् आगामी डिसेम्बर ३१, २०१९ देखि विन्डोज अपरेटिंग सिस्टम भएका स्मार्टफोनमा ह्वाट्सएपको सपोर्ट मिल्ने छैन ।

एन्ड्रोइड २.३.७ सन् २०२० को फेब्रुअरी १ देखि एन्ड्रोइडको २.३.७ संस्करणको अपरेटिंग सिस्टम भएका स्मार्टफोनमा पनि ह्वाट्सएप चल्ने छैन ।

आइओएस सेभेनस् एप्पलको आइओएस सेभेनमा चल्ने आइफोनहरुमा पनि सन् २०२० को फेब्रुअरी देखि ह्वाट्सएप सपोर्ट प्राप्त हुनेछैन ।

एन्ड्रोइड २.३.३ एन्ड्रोइडको २.३.३ मा चल्ने स्मार्टफोनमा पनि २०२० देखि ह्वाट्सएपको सपोर्ट बन्द हुनेछ । एजेन्सी

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411