पहिलो पटक ‘को बन्छ करोडपति’ मा जैनले जिते १ करोड

आईतवार, बैशाख २९, २०७६ साल,

काठमाडौं ।  ‘को बन्छ करोडपति’ टेलिभिजन शो मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् ।

आइतबार शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् । ‘को बन्छ करोडपति’मा १ करोड जित्ने उनी पहिलो सहभागि समेत भएका छन् ।

२००७ साल प्रजातान्त्रिक पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सही उत्तर २०१४ माघ १९ गते दिएर उनले १ करोड जितेका हुन्।

जैनलाई १ करोडको चेक कार्यक्रम प्रस्तोता राजेश हमालले प्रदान गरे । शो कार्यक्रम एपी वान एचडि टेलिभिजनमा प्रशारण हुदैँ आएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411