नेप्से ३ अंकले वृद्धि, ८४ करोडको कारोबार

आईतवार, बैशाख २९, २०७६ साल,
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा केही सुधार देखिएको छ । आइतबार नेप्से बजारमा ३ अंकले सुधार आएको हो ।

शून्य दशमलव २४ प्रतिशतले उकालो लागेको नेप्से १ हजार २ सय ९५ पुगेको छ । नेप्से बढेको दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १८ बाट बढेर २ सय ७७ दशमलव शून्य तीन पुगेको छ।

आज बजार १ सय ७१ कम्पनीका २६ लाख ७० हजार १ सय ४० कित्ता सेयर ८४ करोड ८१ लाख ३९ हजार ३ सय २६ रुपैयाँमा किनबेच भए । नेप्से बढेको दिन ११ उपसूचकमध्य होटल, फाइनान्स, निर्जीवन बीमा र उत्पादनमुलक समूह उकालो लागेका छन् भने बाँकी ६ समूह ओरालो लागेका छन् ।

त्यस्तै होटल समूह ५ दशमलव शून्य १ प्रतिशत, फाइनान्स शून्य दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमा १ दशमलव ३ प्रतिशत र उत्पादनमुलक समूह ४ दशमलव १५ प्रतिशतले उकालो लागेको छन । त्यस्तै, ओरालो लाग्नेमा म्युचुअल समूह रहेको छ । समूहको सेयर शून्य दशमलव ८१ प्रतिशतले ओरालो लाग्यो ।

नेप्से बढेको दिन सानीमा बैंकको सबैभन्दा धेरै, १६ अर्ब ४५ करोड ८१ लाख ६८ हजार ३ सय ५० रुपैयाँको सेयर कारोबार भयो । त्यस्तै शिभम् सिमेन्ट कम्पनीका लगानी कर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले कमाए । नेप्से बढेको दिन सबैभन्दा धेरै गुमाउनेमा सूर्योदय लघुवित्त वित्तीयसंस्था रहेको छ । संस्थाले ७ दशमलव २६ प्रतिशतले गुमायो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411