​नेप्सेमा १० दसमलव ९३ अंकको गिरावट, कारोबार रकम पनि आधा घट्यो

बुद्धबार, जेष्ठ २७, २०७२ साल,
काठमाडौं । मंगलबार देखिएको नेप्सेको उत्साहमा झिनो करेक्सन आएको छ । आज नेप्सेमा १० दसमलव ९३ अंकको गिरावट आइ ९ सय ५५ दसमलव ६६ अंकमा कारोबार बन्द भएको छ । आज कारोबार भएका ९ वटै समुहमा गिरावट आए पछि नेप्से ओरालो लागेको हो । 

क’ वर्गका कम्पनीहरु मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्समा आज २ दसमलव ११ अंकको गिरावट आइ २ सय ४ दसमलव ८५ अंकमा बजार बन्द भएको छ ।

हिजो राजनीतिक दलहरुमा सहमति भए पछि नेप्सेमा सर्किट ब्रेक लागेको थियो भने कारोबार रकम पनि ५० करोड नाघेको थियो । अहिले देशमा लगानीको लागि उपयुक्त अन्य कुनै विकल्प नहुनुले तथा बित्तिय संस्थाहरुले दिने ब्याजदर भन्दा बजारले दिने प्रतिफल धेरै राम्रो देखिएकाले अझै यो बढ्दै जाने तथा आज भएको १० अंकको गिरावट एउटा करेक्सन मात्र भएको जानकारहरु बताउछन् ।

आज कुल १ सय १९ कम्पनीहरुको १ हजार ९ सय २७ कारोबार बाट ६ लाख ४ हजार ६ सय ५६ कित्ता शेयर किनबेच भएका छन् । त्यस्तै हिजोको तुलनामा आधा भन्दा बढी रकमले कमि आइ २६ करोड ३५ लाख ११ हजार रुपैया बराबरको कारोबार भएको छ ।

आज कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड र एभरेस्ट बैंक लिमिटेड अगाडी देखिए भने नेपाल बैंक, नेशनल हाईड्रोपावर तथा प्रभु बैंकको सबै भन्दा बढी शेयर खरिद बिक्रि भएका छन् । आज स्वरोजगार लघुबित्त विकास बैंकका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् भने इन्टरनेशनल विकास बैंकका लगानीकर्ताहरुले बढी गुमाएका छन् ।
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411