किन दियो भोलि प्रदेश २ ले सार्वजनिक विदा ?

आईतवार, बैशाख २९, २०७६ साल,
जनकपुरधाम । जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश २ सरकारले जानकी नवमीको अवसर पारेर सोमबार प्रदेशभित्र सार्वजनिक विदा दिएको हो ।

यस पटकको जानकी नवमीलाई जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइँदैछ । सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन् ।

वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । राम नवमीको एक महिनापछि सीता नवमी पर्छ ।

यसैबीच जानकी नवमीको अवसरमा शुभकामना दिँदै प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश नम्बर २ को गरिमालाई समेत विश्वस्तरमा स्थापित गर्ने भएको हुँदा यसपर्वको गरिमाको संरक्षण, स्म्बद्र्धन र प्रचार प्रसारमा प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411