१२ लाख जनाको वृद्धभत्ता दोब्बर हुँदै, कर्मचारीको तलव २५ प्रतिशतसम्म बढ्ने

आईतवार, बैशाख २९, २०७६ साल,
काठमाडौं । स्रोतले भ्याएसम्म लोकप्रिय बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीको तलव वृद्धिका साथै सामाजिक सुरक्षा भत्ता डब्बल बढाउने तयारी थालेको छ । चुनावी घोषणा घोषणापत्र गरिएका प्रतिवद्धता पुरा गर्न र कर्मचारीको मनोबल बढाउन सरकारले कर्मचारीको तलवमान २५ प्रतिशतसम्म र वृद्धरवृद्धाको भत्ता मासिक एक हजारका दरले वृद्धि गर्ने तयारी गरिएको हो ।

वृद्ध भत्ता बढाउँदै थुम्थुमाएको सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा भने कर्मचारीको तलव बढाउनु पर्ने भएको छ । विगत तीन वर्षदेखि कर्मचारीको तलव नबढेकाले सरकारलाई कर्मचारीको तलव बढाउनै पर्ने वाध्यता परेको हो । मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजन तलव पुनरावलोकन समितिले आगामी आवका लागि कर्मचारीको तलव अधिकतम २५ प्रतिशतसम्म बढाउन सिफारिस गर्ने तयारी गरेको हो ।

तल्लो तहका कर्मचारीको बढी र उच्च पदस्थ कर्मचारीको कम बढ्ने गरी तलवमान वृद्धि गर्न लागिएको समिति सोतले जानकारी दिएको छ । माथिल्लो तहका कर्मचारीको तलव बढी भएपनि स्तरअनुसारको खर्च हुने भएकाले हालको तलव कम नै भएको समितिको ठहर छ । अझ तल्ला तहका कर्मचारीको तलबले यो मह्गिमा केही गर्न सक्ने अवस्था छैन ।

त्यसैले विगत तीन आर्थिक वर्षदेखि तलव नबढेकाले यो पटक तलव बढाउनै पर्ने देखिएको छ । गत आवमा पनि सरकारले देश संघीयताको कार्यान्वनयमा गएकाले खर्च बढेको भन्दै दुई हजार मह्गी भत्ता थपेर कर्मचारीलाई काम गर्न प्रोत्साहन गरेको थियो ।

बजेटले कर्मचारीको तलव वृद्धिदेखि सामाजिक सुरक्षा भत्ता अर्थात वृद्ध भत्तालाई प्रोत्साहन गर्ने तयारी सरकारले गरेको छ । बढ्दो खर्च धान्न सीमित स्रोतबाट गाह्रो परेपनि आगामी आव सरकारले वृद्ध भत्तालाई एक हजारबाट बढाएर दुई हजार पु¥याउने तयारी सरकारले गरेको छ ।

स्वास्थ्य उपचारका लागि दिइने मासिक एक हजार भत्तालाई भने यथावत राख्ने तयारी सरकारको छ । सरकारले अवलम्बन गर्न लागेको यो व्यवस्थाबाट ७० वर्ष नाघेका वृद्ध÷वृद्धाहरूले मासिक तीन हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता स्वरुप पाउने छन् ।

आर्थिक वर्ष २०६७/०६८ देखि ७० वर्षमाथिको उमेरलाई ज्येष्ठ नागरिक मानी वृद्ध भत्ता प्रदान गर्न थालिएको हो । मासिक एक सय रुपैयाँबाट शुरु गरिएको यो वृद्ध भत्ता आर्थिक वर्ष २०६९/०७० मा पाँच सय रूपैयाँ पुग्यो । त्यसपछि आर्थिक वर्ष २०७२/०७३ मा नेपाली कांग्रेसको सरकारले वृद्ध भत्ता दोब्बर गरी एक हजार रूपैयाँ पु¥यायो ।

नेपालमा हाल साढे २८ लाखले यस्तो भत्ता लिदै आएका छन् । त्यसमध्ये वृद्ध भत्ता लिनको संख्या करिव १२ लाखको हाराहारीमा छन् । अर्थात ७० वर्ष उमेर नाघेका वृद्ध÷वृद्धा छन् । उनीहरू मासिक एक हजार भत्ताको रुपमा एक हजार स्वास्थ्य उपचारको लागि खर्चको बन्दो बस्त सरकारले मिलाएको छ ।

करिब साढे २८ लाख भत्ता पाउने नागरिकलाई भत्ता बाड्न चालु आवमा ४१ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा पनि सामाजिक सुरक्षा कार्यक्रम प्रोत्साहन गर्ने तथा कर्मचारीलाई उच्च मनोबलका साथ कार्य सम्पादनमा अग्रसर गराउने भनिएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411