आईतवार र सोमवार दुई दिन सार्वजनिक बिदा, कहाँ कहाँ हुन्छ विदा ?

शनिबार, बैशाख २८, २०७६ साल,
काठमाडौं ।ललितपुर महानगरपालिकाको बासिन्दाले दुईदिन लगातार बिदा पाउने भएका छन् । आईतवार ललितपुर महालक्ष्मी नगरपालिकामा मात्र बिदा दिईएको छ भने र ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक विदा नै दिएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख २९ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको गत वैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले आइतबार विदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले एक सुचना प्रकाशित गरि महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र सांस्कृतिक पर्व भएकोले भव्यताका साथ मनाउने परम्परा रहि आएकोले नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा (सरकारी पुजा गरिने दिन) सार्वजनिक विदा दिने निर्णय गरेकोले २०७६ सालको हकमा यहि बैशाख २९ गते (आइतबार) अष्टमीका दिन सार्वजनिक विदा हुने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन उक्त दिन विदा दिने निर्णय गरिएको महानगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यावारिधि प्राप्त व्यत्तित्व जोशी सोमबार अर्थात वैशाख ३० गते ९९ वर्ष पुरा गरि एक सय वर्षमा प्रवेश गर्दैछन् । यस अवसरमा ललितपुर महानगरपालिका मातहतका सबै कार्यालय लगायत संघसंस्थालाई विदा दिने जनाइएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई कला , साहित्य र संस्कृति मार्फत चिनाउन महत्वपूर्ण गरेका जोशीको महानगरले वैशाख ३०बाट विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाउने तयारी गरेको छ ।

उक्त दिन सत्यमोहन जोशीको रथारोहणसहितको -याली मंगलबारबाट सुरु हुनेछ । लगनखेल, जावलाखेल हुँदै पुल्चोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा आयोजना हुने विशेष कार्यक्रममा जोशीको सम्मान गरिने जनाइएको छ ।

उक्त यालीर कार्यक्रममा सहभागि हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ ।  यसैगरी महानगरले जोशीको दैनिक जीवनयापनलाई सहज बनाउन दुई वर्ष अघि मोटर, सवारीचालक, गार्ड र मोवाइल प्रदान गरेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411