इन्टरनेटको तार प्राधिकरणले काटे ब्ल्याक आउटको जिम्मा आइएसपीले नलिने

शुक्रबार, बैशाख २७, २०७६ साल,
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भाडा सम्झौंता नगर्नेको तार काट्ने तयारी गरेपछि त्यसपछि हुने ब्ल्याक आउटको जिम्मा नलिने इन्टरनेट प्रदायक संस्था (आइएसपी)ले चेतावनी दिएको छ।

आइएसपीका अध्यक्ष भोजराज भट्टले तार काटेपछि ब्ल्याक आउटको जिम्मा इन्टरनेट प्रदायक कम्पनीले नलिने बताए।प्राधिकरणले एनसेल र नेपाल टेलिकमको व्यापारलाई हेरेर भाडा तय गरेको आरोप लगाउँदै साना कम्पनीले पोलको भाडा तिर्नै नसक्ने बताए। उनका अनुसार पाँचसयदेखि दुई हजार प्रतिशतसम्म भाडा बढेकोले साना कम्पनी सम्झौंताका लागि नगएका हुन्।

अहिले प्राधिकरणले प्रतिकिलोमिटर तारको मोटाई अनुसार एक हजार दुई सय, एक हजार नौ सय र दुई हजार सात सय रुपैयाँ तोकेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भाडा सम्झौता नगर्ने आइएसपीको तार काट्न निर्देशन दिएपछि एनसेलले मासिक ३८ लाख रुपैयाँ तिर्ने गरि भाडा सम्झौता गरिसकेको छ भने नेपाल टेलिकम सम्झौताको अन्तिम तयारीमा छ।

एनसेल र टेलिकमले संसारकै महँगो मोबाइल डाटा बेचिरहेका छन्। उनीहरुको नाफा ५० प्रतिशत भन्दा बढी हुन्छ। तर हामीले ७ प्रतिशत भन्दा बढी नाफा कमाएका छैनौ। हामीले वार्षिक १० अर्बको व्यापार गरेर ७०/८० करोड रुपैयाँ मात्र नाफा गरेका छौं।
 

भोलीदेखि इन्टरनेट र केबल टिभि के हुन्छ ? तार काट्दै विद्युत् प्राधिकरण


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411