हिमालयन बैंकले ९ महिनामा २ अर्ब बढी नाफा कमायो

शुक्रबार, बैशाख २७, २०७६ साल,
काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्ष तेस्रो त्रैमाससम्ममा २ अर्ब खुद नाफा कमाएको छ ।

बैंकले अघिल्लो आर्थिक बर्षको यहि अवधिसम्मका १ अर्ब ८२ करोड नाफा कमाएकोमा यस आर्थिक बर्ष बैंकको नाफा १०.२४ प्रतिशतले बढेर २ अर्ब १ करोड पुगेको हो ।

बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३३ करोड रहेको छ । बैंकले आर्थिक बर्षको अन्त्यसम्ममा यहि अनुपातमा नाफा वृद्धि गर्न सकेको खण्डमा बैंकले २०.८८  प्रतिशत लाभांश वितरण गर्ने सक्ने देखिन्छ ।

राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

यस अवधिसम्म बैंकको चुक्ता पुंजी ८ अर्ब ५२ करोड रहेको छ । बैंकको प्रति शेयर आम्दानी रु ३१.५२, मुल्य आम्दानी अनुपात १५.५४, प्रति शेयर नेटवर्थ १७९.१७, तरलता अनुपात २४.१७ रहेको छ ।

त्यस्तै खराब कर्जा १.३१ प्रतिशत, कोषको लागत ६.६८, बेस रेट ९.१०, स्प्रेड दर ४.१० रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411