सगरमाथा इन्स्योरेन्सले बोनसबाटै पुँजी जुटायो, बम्पर बोनसको घोषणा

शुक्रबार, बैशाख २७, २०७६ साल,
काठमाडौं। सगरमाथा इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी बृद्धि गर्ने प्रयोजनका लागि ८६ प्रतिशत बोनस शेयर घोषणा गरेको छ। कम्पनीले दुई आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट ४६ करोड २९ लाख रुपैयाँ बोनस शेयर दिने भएको हो।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा सहित उक्त बोनस शेयर दिने निर्णय गरेको हो। कम्पनीले बीमा समिति र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर लाभांश घोषणा गरेको हो।

कम्पनीको हालको चुक्ता पूँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ। बोनस शेयर दिएसँगै कम्पनीको चुक्त पूँजी ९८ करोड ५० लाख रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन गरेको चुक्ता पुँजीका लागि अझै एक करोड ४९ लाख रुपैयाँ आवश्यक पर्नेछ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार जगेडा कोषमा ६१ करोड २८ लाख रुपैयाँ छ।

कम्पनीले गत वर्ष बोनस शेयर दिने योजना बनाएको भएपनि बीमा समितिको लचकताका कारण कम्पनीले गत आर्थिक वर्षको नाफा सहित बोनस शेयर दिने भन्दै कुरेर बसेको थियो।

कम्पनीले अहिलेसम्म पनि हकप्रद शेयर निष्काशन गरेको छैन। नगद लाभांशभन्दा बोनस शेयरलाई प्राथमिकता दिँदै आएको कम्पनीले हकप्रद विनानै नियामकीय पुँजी जुटाएको हो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411