सस्तोमा मोटरसाइकल खोज्दै हुनुहुन्छ ? यसरी किन्नुहोस्

शुक्रबार, बैशाख २७, २०७६ साल,
काठमाडौं । सस्तो मूल्यमा सवारी साधानको खोजीमा हुनुहुन्छ ? तपाईले कुनै व्यापारीक फर्म वा व्यवसाय गर्ने उद्देश्यका साथ कुनै कम्पनी दर्ता गर्नु भएको छ ? मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता हुनुहुन्छ भने तपाईका लागि सुवर्ण अवसर छ । जलेश्वर भन्सार कार्यालयले विभिन्न ६० प्रकारको सवारी साधानको लिलाम गर्ने तयारी गरेको छ ।

जलेश्वर भन्सार कार्यालयले आज एक सूचना प्रकाशित गरी टाटाको ट्रक देखि विभिन्न कम्पनीका मोटर साइकल लिलामीका लागि सूचना प्रकाशित गरेको छ । यस्तै लिलामी गर्न लागिएका सवारी साधनमा स्वराज ट्याक्टर तथा पावर टिलर समेत रहेका छन् ।

चोरी निकासी वा पैठारीका क्रममा भन्सार कार्यालयले पक्राउ गरेको सवारी साधन लिलामीमा बिक्रीका लागि सूचना प्रकाशित गरिएको हो ।

लिलाम बढावढ गरेर ती सवारी साधन बिक्री गर्न लागिएकाले इच्छुक व्यक्ति वा फर्मले २१ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । भन्सारले टाटा ट्रक ९ लाख रुपैयाँमा लिलाम गर्न लागेको छ । यस्तै मोटर साइकल भने कम्पनी अनुसार सरल मूल्यमा लिलाम गर्न लागेको हो ।

लिलाम गर्न लागिएका सवारी साधन मध्ये ४० वटा मोटर साइकल भने प्रयोग गर्न नसकिने अवस्थामा रहेको आज प्काशित सूचनामा उल्लेख छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411