हानमा पहिलो पटक महिला अध्यक्ष, सिर्जना राणा सर्वसम्मत

बिहीवार, बैशाख २६, २०७६ साल,
काठमाडौं। होटल संघ नेपाल हानको अध्यक्षमा सिर्जना राणा सर्वसम्मत चुनिएकी छिन्। हानको नयाँ अध्यक्षमा सिर्जना राणा र वरिष्ठ उपाध्यक्षमा विनायक शाह सर्वसम्मत चयन भएका हुन्।

हानको इतिहासमै पहिलोपटक महिला नेतृत्व आएको छ। अध्यक्ष राणा विगत ११ वर्षदेखि काठमाडौंको होटल अन्नपूर्णको कार्यकारी निर्देशक छिन्। उनले पोखराको फिस्टेल लज र चितवनको जगतपुर लजसमेत संचालन गर्दै आएकी छिन्।

यस अघि अध्यक्ष पदमा रहेका अमरमान शाक्यको ठाउँमा वरिष्ठ उपाध्यक्ष सिर्जना राणालाई नै  सर्वसम्मत चयन गर्ने निर्णय पारित भएको हानका एक उच्चपदाधिकारीले जानकारी दिए।

स्रोतका अनुसार यसअघि महासचिव पदको जिम्मेवारी वहन गर्दै आएका विनायक शाह वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत भएका छन्।       

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411