नेप्से ५ अंकले घट्यो, ९४ करोडको कारोबार

बिहीवार, बैशाख २६, २०७६ साल,
काठमाडौं । आज बिहीवार शेयर बजार परिसुचक नेप्से ५.६४ अंकले घटेर १,२९१.९६ अंकमा कायम भएको छ । निर्जीवन बीमा समुह र उत्पादनमुल बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ५३ अंकले घटेको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ५५ अंकले घटेर २ सय ७६ दशलमव ५२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

दिनभरिमा १ सय ७४ वटा कम्पनीको ३५ लाख ८५ हजार ६ सय ९ कित्ता शेयर ६ हजार ८ सय ३७ पटक खरिदविक्री हुँदा ९४ करोड ७३ लाख ४७ हजार ७ सय ७६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा बैंक प्रोमोटर शेयरको ३२ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी सिवम् सिमेन्टको ५ करोडमाथिको कारोबार भएको छ । नेको इन्स्योरेन्सको ४ करोड रुपैयाँको कारोबार भएको छ । एनएमबि बैंक, कृषि विकास बैंक, सगरमाथा इन्स्योरेन्स र एनसीसी बैंकको ३ करोडभन्दा बढीको कारोबार भएको छ । प्राइमर इन्स्योरेन्स र नेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ । मेगा बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

सगरमाथा इन्स्योरेन्स र नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले सबैभन्दा धेरै ८ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी प्रोग्रेशिभ फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन्

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411