भोलि गुराँस लघुवित्तको आईपीओ बाँडफाँड हुने, कति जनालाई पर्ला ?

बुद्धबार, बैशाख २५, २०७६ साल,

काठमाडौं । करिब २३ गुणा बढी आवेदन परेको गुराँस लघुवित्त वित्तीय संस्थाको आईपीओ बिहीबार बाँडफाँड हुने भएको छ ।

सर्वसाधारणका लागि २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ बिक्री खुलाइएकोमा २ लाख ८७ हजार ३८२ जना आवेदकबाट ५३ लाख २७ हजार ४८० कित्ता अर्थात २२.८० गुणा बढी आवेदन परेको थियो ।

३ करोड रूपैयाँभन्दा कमको आईपीओ भएकाले यसको क्रेडिट रेटिङ गरिएको छैन ।

आईपीओ बाँडफाँडपछि  कम्पनीको चुक्ता पुँजी ७ करोड ७५ लाख पुग्नेछ ।

चालू आवको तेस्रो त्रैयमासम्म कम्पनीले ६९ लाख ७ हजार नाफा कमाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411