३ अंकले घट्यो नेप्से, ५० करोड ७९ लाख रुपैयाँको शेयर खरिद बिक्री

बुद्धबार, बैशाख २५, २०७६ साल,
काठमाडौं । शेयर बजारको परिसूचक नेप्से ३.६८ अंकले घटेको छ। सो अंक घटेसंगै नेप्से परिसूचक १२९७ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.१७ बिन्दुले घटेर २७८ अंकमा पुगेको छ।

कुल १७५ कम्पनीको १९ लाख ७ हजार ७ सय ८३ कित्ता शेयर ५० करोड ७९ लाख ३४ हजार ९ सय १९ रुपैयाँमा खरिद बिक्री भएको हो।

स्टकका अनुसार कारोबार भएका ११ उपसमूह मध्ये ८ उपसमूह घटेको छ भने ३ उपसमूहमा बढेको छ।
बैंकिङ ५.३, होटेल्स ३२.९९, बिकास वैंक ७.४१, हाइड्रोपावर १७.२, फाइनान्स १.८१, निर्जीवन बीमा १४.६५, माइक्रो फाइनान्स ४.९५, जीवन बीमा ०.१८ अंकले घटेको छ भने ब्यापार २.७, उत्पादन ६९.२२, अन्य ३.५८, अंकले बढेको छ।

सिभिल बैंकको आज सवै भन्दा बढी रकम ५ करोडको कारोबार भएको छ।आज सवै भन्दा बढी नाफा कमाउनेमा हिमालयन डिस्टिलरी, नबिल इक्विटी फन्ड, सिभिल लघुवित्त वित्तीय संस्था, शूयोदर्य लघुवित्त, बोट्लर नेपाल, युनाइटेड मोदी हाइड्रोपावर, नाग्दी ग्रुप पावर, मेगा बैंक, मिथिला टलघुवित्त, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ता रहे।

सवै भन्दा बढी गुमाउनेमा मल्टिपर्पोज फाइनान्स, तारागाउँ रेजेन्सी होटल, पाँचथर पावर कम्पनी, फस्ट माइक्रोफाइनान्स, सिन्धुविकास बैंक, अरुण कावेली पावर, माहुली सामुदायीक लघुवीत्तका लगानीकर्ता रहे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411