यूएईमा टुरिस्ट भिसामा गएर भीख माग्छन् भारतीयहरू !

बुद्धबार, बैशाख २५, २०७६ साल,
एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) को प्रहरीले मगन्तेहरूका विषयमा अनौठो खुलासा गरेको छ ।

दुबई प्रहरीले दाबी गरेअनुसार, रमजानको महिनामा एसियाली मुलुकका मानिस टुरिस्ट भिसामा आएर भिक्षा माग्छन् । हालै दुबई प्रहरीले यस्तै एक भिखारीलाई पक्राउ गरेको छ ।

रमजान शुरू हुनेबित्तिकै एसियाली देशका मानिस भिजिट भिसामा आएर भीख माग्छन् र राम्रो पैसा कमाएर फर्किन्छन् । ती एसियाली देशमा भारत, बंगलादेश र पाकिस्तानका भिखारी छन् । यस बेलामा दुबई र अबुधाबीमा भिखारीको संख्या अचानक बढ्छ ।

खलीज टाइम्स र गल्फ न्युजमा छापिएका खबरअनुसार, यस महिनामा २५० भन्दा बढी मगन्ते पक्राउ परिसकेका छन् । पक्राउ परेका मगन्तेबाट एक लाख दिरम बरामद गरिएको छ ।

रमजान चल्दै गर्दा गरीबहरूलाई सहायता गर्नु निकै पुण्यको काम मानिन्छ र यस पवित्र महिनामा मानिसहरूले गरीबहरूको सहायता खुलेर गर्ने गरेका छन् ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411