नविल बैंकको ९ महिनाको नाफा तीन अर्ब १९ करोड रुपैया

मंगलवार, बैशाख २४, २०७६ साल,
काठमाडौं। नविल बैकले चालु आर्थिक वर्षको नौ महिनामा तीन अर्ब १९ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले गत वर्षभन्दा तीन प्रतिशतले नाफा बढाएको हो। गत वर्षको यहि अवधिमा बैंकले तीन अर्ब नौ करोड रुपैयाँ नाफा गरेको थियो।

बैंकले पछिल्लो तीन महिनामा मात्रै एक अर्ब एक करोड रुपैयाँ नाफा गरेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले एक अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो।

बैंकले खुद व्याज आम्दानी पाँच अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा  चार अर्ब ५६ करोड रुपैयाँ व्याज आर्जन थियो। बैंकले चैत मसान्तसम्ममा एक खर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ३३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।

बैंकको चुक्ता पूँजी नौ अर्ब एक करोड रुपैयाँ छ भने जगेडा कोषमा १२ अर्ब ८३ करोड रुपैयाँ छ। पूँजीको अनुपात १२.५० प्रतिशत रहेको छ भने खराब कर्जा १.०७ प्रतिशतबाट घटेर ०.६४ प्रतिशतमा झरेको छ।

कस्ट अफ फण्ड ४.६३ प्रतिशतबाट बढेर ६.०६ प्रतिशत पुगेको छ। बैंकले निक्षेपको व्याजमा वृद्धि, शाखा विस्तार तथा नयाँ कर्मचारी नियुक्त गर्दा कस्ट अफ फण्ड बढेको हो। बैंकको प्रतिशेयर आम्दानी चार रुपैयाँले खुम्चिएर ४७ रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकले निर्देशन गरे अनुसार स्प्रेड दर घटाउन खोज्दा बैंकको नाफामा घटेको हो। बैंकले स्प्रेड दर ४.८९ प्रतिशतबाट ४.६३ प्रतिशतमा झारेको छ। चालु त्रैमासिक अवधिमा बैंकले स्प्रेड दर ४.५ प्रतिशतमा झार्नु पर्ने हुन्छ। बैंकको आधार व्याजदर ७.३३ प्रतिशतबाट बढेर ७.९९ प्रतिशत पुगेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411