नेप्से २१ अंकले बढ्यो, ६३ करोड रुपैयाँको शेयर खरिद बिक्री

सोमबार, बैशाख २३, २०७६ साल,
काठमाडौं । धितोपत्र बजारको परिसूचक नेप्से २१.७३ अंकले बढेको छ। सो अंक बढेसंगै नेप्से परिसूचक १२९९ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको काबारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ५.०१ बिन्दुले बढेर २७८ अंकमा पुगेको छ।

कुल १७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर ६३ करोड ३६ लाख ५३ हजार ५ सय २९ रुपैयाँमा खरिद बिक्री भएको हो।

स्टकका अनुसार कारोबार भएका ११ उपसमूह मध्ये १० उपसमूहमा बृद्धि भएको छ भने अन्य उपसमूह घटेको छ।

बैंकिङ २९.६१ ट्रेडिङ, १०.३५, होटेल्स १९.८४, बिकास वैंक, १५.८६, हाइड्रोपावर ३.३६, फाइनान्स १.७६, जीवन निर्जीवन बीमा, ४.६६, उत्पादन ७३.६६, माइक्रो फाइनान्स १०.१७, जीवन बीमा ७५.६९ अंकले बढेको छ भने अन्य ०.८५ अंकले घटेको छ। शिभम सिमेन्टको आज सवै भन्दा बढी रकम ४ करोड ९४ लाखको कारोबार भएको छ।

आज सवै भन्दा बढी नाफा कमाउनेमा साल्ट टे«डिङ कर्परेसन, मल्टिपर्पस फाइनान्स, सिभम सिमेन्ट, मेगा बैंक, बैंक अफ काठमाडौं, एशियन लाइफ इन्स्योरेन्स, जनता बैंकका लगानीकर्ता रहेको छन्।

सवै भन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी, मिर्मिरे लघुवित्त, यूनिभर्सल पावर, सिद्धार्थ इक्यूटी, आरम्भ माइक्रोफाइनान्स, रिदी हाइड्रोपावर, सानिमा इकुइटी, नागबेली लघुवित्तका लगानीकर्ता रहे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411