​राहतको चामल बेचेको आरोपमा सात पक्राउ

बुद्धबार, जेष्ठ २७, २०७२ साल,
बनेपा । भूकम्पपीडितका लागि ल्याइएको राहतका खाद्यान्न बिक्री गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । 
 
उनीहरुलाई दुर्गम गाविस मानिने कोसीपारी गाविसस्थित चौवासबाट पक्राउ गरिएको र पक्राउ परेकामध्ये केहीको संलग्नता पुष्टि हुन नसकेकाले थुनामुक्त गरिन लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 
 
“संलग्नता देखिएकालाई के मुद्दा लगाउने भन्ने विषयमा आज नै टुङ्गोमा पुग्ने छौं,” जिप्रका काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले भने।
 
पक्राउ परेकामा गोठपानी–९ का गुणप्रसाद र कृष्णप्रसाद चौलागाईं, धुसेनी शिवालयका इन्द्र लामा, पुञ्जु शेर्पा, बा३ख ६३०९ का चालक प्रकाश तामाङ, चौवास–७ का सूर्यबहादुर लामा र उनका छोरा विजय लामा रहेको प्रहरीले जनाएको छ । 
 
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले घटनामा संलग्नता देखिएकाहरुमाथि कडा कारबाही हुने बताए । राहतका लागि आएको चामल र चिउरा कोसीपारी गाविसको चौवासस्थित दुई वटा पसलमा फेला परेको थियो । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411