आफ्नो बच्चालाई अस्पतालमा छाडेर 'होहल्ला' गरेको भन्दै पूर्वसांसद गायत्री साह पक्राउ

आईतवार, बैशाख २२, २०७६ साल,
काठमाडौं । आफ्नो बच्चालाई स्वीकार गर्न नमानेको त्यसमाथि अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि पूर्वसांसद गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार दिउँसो ४ बजे साह र उनका पति सन्तोषलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका एसएसपी रवीन्द्र सिंह धानुकले बताए।

'गायत्री साहले अस्पतालमा होहल्ला गरेपछि उहाँलाई नियन्त्रणमा लिइएको छ, उनले भने ‘बच्चा लिन अस्वीकार गरको भन्दै मेडिसिटिले उजुरी पनि दिएको थियो। हामीले त्यसपछि अदालतबाट पक्राउ पूर्जी लिएर उहाँलाई पक्राउ गरेका हौं।’

पक्राउ पर्नुअघि साहले मेडिसिटी अस्पतालविरूद्ध प्रदर्शन गरेकी थिइन्।

पूर्वसांसद साहले ‘डाउन सिन्ड्रोम’ जन्मिएको थाहा लागेपछि बच्चा अस्पतालको लापरबाही देखाउँदै बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने भन्दै आएकी छन्। उनको छोरा अहिलेपनि मेडिसिटी अस्पतालको एनआइसियुमै छन्।

साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन्। दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहेकै अवस्थामा साहले बच्चा छोडेकी हुन्।

उनले बच्चाको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेकी छिन्। अस्पतालले भने लापरबाही नगरेको भन्दै सो बच्चा साहले नै जिम्मा लिनुपर्ने बताएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411