मानिस भन्दा जग्गाको संख्या धेरै, नेपालको भूमि तीन करोड ६३ लाख टुक्रामा कित्ताकाट

आईतवार, बैशाख २२, २०७६ साल,
काठमाडौं । देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन् । एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्ममा तीन करोड ६३ लाख २१ हजार एक सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । जब कि देशको जनसंख्या दुई करोड ९० लाख मात्रै छ ।

गत आव मात्रै जमिन खण्डीकरण गरेर सात लाख २५ हजार नौ सय ५९ कित्ता थपिएका छन् । सरकारले दुई लाख २५ हजार नौ सय ४६ टुक्रा जमिनलाई भने खारेज गरेको छ । विभागको तथ्यांकअनुसार बुटवल (रुपन्देही)को जमिन सबैभन्दा बढी खण्डीकरण गरिएको छ । गत आवसम्म बुटवलको जमिन ३३ लाख ४५ हजार तीन सय ६७ वटा कित्तामा विभाजन भइसकेको छ । गत वर्ष मात्रै १५ हजार ६ सय ५० कित्ता थपिएका हुन् । त्यस्तै, डडेल्धुराको जमिन २७ लाख ४७ हजार दुई सय पाँच टुक्रामा कित्ताकाट गरिएको छ । काठमाडौं उपत्यकाको जमिन भने १५ लाख १० हजार पाँच सय ३९ टुक्रामा खण्डीकरण गरिएको छ । गत वर्ष काठमाडौंमा एक लाख १६ हजार ६ सय ४९ कित्ता थपिएका हुन् ।

गत आवमा पाँच लाख २८ हजार तीन सय २९ जग्गाधनी थपिएका छन् । नेपालमा कुल एक करोड ५५ लाख पाँच सय ९० जग्गाधनी कायम छन् । गत आवमा दुई लाख ६४ हजार सात जग्गाधनी खारेज भएका छन् । जग्गाधनीले अन्यलाई घरजग्गा बिक्री गरेपछि उसको नाम खारेज गरिने व्यवस्था छ ।

गत आवमा घरजग्गा कारोबारबाट २४ अर्ब १४ करोड रुपैयाँ राजस्व असुली भएको छ । त्यसमध्ये फारम र पुर्जा बिक्रीबापत एक करोड ४२ लाख र न्यायिक दस्तुर, दण्ड, जरिवानाबापत चार करोड ७५ लाख रुपैयाँ संकलन भएको छ । घरजग्गा रोक्काबापत १७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ । सेवा शुल्क, अन्य प्रशासनिक दस्तुरबापत एक अर्ब २६ करोड रुपैयाँ संकलन भएको छ

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411