अल्सर हुन नदिन के गर्ने ? अब यसो गर्नुहोस्

शनिबार, बैशाख २१, २०७६ साल,
काठमाडौं । हाम्रो पेटमा अम्ल (एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पुर्याउँछ । तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा ग्यास्ट्रिक हुने गर्छ । कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र सानो आन्द्रामा घाउ हुनेसमेत हुन्छ । यसैलाई अल्सर भएको भनिन्छ ।

अव्यवस्थित खानपानका कारण पहिले ग्यास्ट्रिक र पछि अल्सरको समस्या हुने गर्छ । तसर्थ, खानपानमा विशेष ध्यान पु(याउन आवश्यक छ । सकभर पेट खाली राख्नुहुँदैन ।

बढी चिल्लो, अमिलो र पिरो सेवन नगर्ने । त्यस्तै, सकभर जंकफुड नखाने ।

धूम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहने ।

दुखाइबाट बचाउने र बाथरोगको औषधिको नियमित सेवनबाट समेत अल्सर हुने गर्छ । यसकारण सकेसम्म यस्ता औषधि सेवन नगर्ने वा कम गर्ने ।

अल्सर गराउने कीटाणुको संक्रमणबाट बच्नुपर्छ । खानामा जथाभावी मसाला र रङ आदि प्रयोग गर्नुहुँदैन ।

सागसब्जी, फलफूल र नरम खानेकुरा प्रशस्त मात्रामा सेवन गर्ने गरेमा अल्सरबाट बच्न सकिन्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411