​पुनरावेदनका २८ अतिरिक्त न्यायाधीशको म्याद थपियो

मंगलवार, जेष्ठ २६, २०७२ साल,

काठमाडौँ । न्याय परिषद्को आजेको बैठकले पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशको सेवालाई निरन्तरता दिने गरी छ महिनासम्मका लागि म्याद थप गरेको छ । 
 
न्याय परिषद्को बैठकको निर्णय सुनाउँदै परिषद्का निमित्त सचिव कृष्ण गिरीले रासससँगको कुराकानीमा पुनरावेदन अदालतमा कार्यरत २८ न्यायाधीशको सेवाको म्याद समाप्त भएकाले सेवालाई निरन्तरता दिन छ महिनाका लागि नियुक्त गर्ने निर्णय गरेको बताए । 
 
पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशको आजकै दिनबाट म्याद सकिएको थियो । 
 
न्याय परिषद्को बैठकअनुसार उनीहरूलाई २०७० जेठ २७ को निर्णयअनुसार पुनरावेदनको अतिरिक्त न्यायाधीशमा नियुक्ति गरिएकामा गत वर्ष एक वर्षका लागि म्याद थप गरिएको थियो । 
 
अस्थायी न्यायाधीशहरूले पुनः म्याद थप गर्न प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसँग आग्रहसमेत गरेका थिए । 
 
नेपाल बार एशोसिएसनले दुई वर्षदेखि निरन्तर न्याय सम्पादन गर्दै आएका अतिरिक्त न्यायाधीशको म्याद सकिन लागेकाले न्याय परिषद्को बैठक बोलाई तत्काल निर्णय लिन सोमबार विज्ञप्ति जारी गरी आग्रह गरेको थियो । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411