आइसीसी टी २० क्रिकेटको र्‍याङ्किङमा नेपाल तीन स्थानमाथि पुग्यो १४ औं स्थानमा

शुक्रबार, बैशाख २०, २०७६ साल,
काठमाडौं । आइसीसी टी २० क्रिकेटमा नेपाल तीन स्थानमा माथि उक्लिएको छ। यसअघि १४ औं स्थानमा रहेको नेपालले दुई देशलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो।

आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै नेपाल आइसीसीले जारी गरेको र्‍याङकिङमा ८० देश सहभागी छन्।

वरीयताको पहिलो नम्बरमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका र तेस्रोमा इङल्यान्ड रहेका छन्।

अष्ट्रेलिया चौथो, भारत पाँचौ र न्युजिल्याण्ड छैटौ स्थानमा छन्। अफगानस्तान सातौ, श्रीलंका आठौ, वेस्ट इण्डिज नवौ र बंगलादेश १० औं स्थानमा रहेका छन्।

नेपालपछि स्कटल्याण्ड १२ औं, जिम्वावे १३ औं नेदरल्याण्ड १४ औं, आयरल्याण्ड १५ औं र युएई १६ औं स्थानमा छन्।

१४ औं वरियतामा रहेको नेपालले गत माघमा युएईसँग भएको ३ खेलको ट्वान्टी ट्वान्टी सिरिज जितेपछि नेपालले ३ स्थान सुधार गर्दै ११ औं स्थानामा पुगेको हो।
 
युएईविरुद्धको ३ खेलकै एकदिवसिय श्रृङ्खला पनि जितेको नेपाल एक दिवसीय वरीयतामा भने नेपाल १४ औं स्थानमा यथावत छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411