गणपति माइक्रोफाइनान्सको आईपिओ बाँडफाँड, क–कस्लाई पर्यो शेयर ?

शुक्रबार, बैशाख २०, २०७६ साल,
काठमाडौं । गणपति माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ  । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफांड गरेको हो  ।  

कम्पनीले सर्वसाधारणलाई ३ करोड ३५ लाख बराबरको ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने १६ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ  । बाँकि रहेको शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन  ।

कम्पनीको आईपिओमा  ३ लाख २२ हजार ६ सय ९ आवेदकबाट ६५ लाख ७१ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ७ सय जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य रहेका ३ लाख २२ हजार ६ सय ९ आवेदक मध्येबाट ३१ हजार ३ सय ८ जनाले समान १० कित्ता शेयर पाएका छन् ।  आवेदन दिएका मध्ये २ लाख ९२ हजार १ जना खाली हात भएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411