३० जिल्लामा सिडिओ हेरफेरसहित ५३ जना कर्मचारीको सरुवा

मंगलवार, जेष्ठ २६, २०७२ साल,
काठमाडौ । गृह मन्त्रालयले ३० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)  हेरफेर गरेको छ।गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार सिन्धुपाल्चोकमा बलभद्र गिरी, पाल्पामा कृष्णप्रसाद ज्ञवाली, इलाममा विष्णु कार्की, मनाङमा भिमकान्त शर्मा र ओखलढुङगामा यादव सुवेदीलाई सिडिओ बनाइएको छ।

गृहले प्रेम लुइँटेललाई डडेलधुरा, मित्रलाल शर्मालाई रोल्पा, पुरुषोत्तम घिमिरेलाई पाचथर, सुरेन्द्रराज पौडेललाई भोजपुर, सागमणी पाठकलार्इ म्याग्दी र लीलाधर अधिकारीलाई बैतडीको सिडिओ बनाएको छ ।

गृहले मुरारी वस्तीलाई तेहथुम, जनार्दन गौतमलार्इ जाजरकोट, दीपकराज नेपाललाई सिन्धुली, जीवनप्रसाद दुलाललाई डोल्पा, देवेन्द्र लामिछानेलाई दोलखा, यामप्रसाद सुवेदीलार्इ अछाम, उमेशप्रसाद ढकाललार्इ नुवाकोट, शिवराम गेलाललाई रसुवा र सुरेन्द्र पौडेललाई अर्धाखाचीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको हो ।

गृह मन्त्रालयले मानबहादुर बिकलार्इ सिराह, कालीप्रसाद पराजुलीलार्इ धनुषा, विष्णुप्रसाद ढकाललार्इ रुपन्देही, विनोदप्रसाद सिंहलार्इ चितवन, अब्दुल कलाम खॉलार्इ कपिलबस्तु, राजकुमार श्रेष्ठलार्इ कैलालीको सिडिओ बनाउन निर्णय गरेको हो ।

त्यसैगरी तोयम रायलार्इ भक्तपुर, मेघनाथ काफलेलार्इ सर्लाही र महादेव पन्थलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। गृहले ३० जिल्लामा सिडिओ हेरफेरसहित ५३ जना कर्मचारीको सरुवा गरेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411