रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको शेयर बिहीबार बाँडफाँड हुने, कतिसम्म पर्ला शेयर ?

बुद्धबार, बैशाख १८, २०७६ साल,
काठमाडौँ। रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण शेयर बिहीबार बाँडफाँड हुने भएको छ।

बिहिबार दिउँसो तीन बजे ऊर्जा मन्त्रालयको सभाहलमा मन्त्री वर्षमान पुनले शेयर बाँडफाँड गर्ने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ। दुवै आयोजनाले निष्कासन गरेको साधारण शेयरमा आवेदन दिने जति सबैले शेयर पाउने भएका छन्।रसुवागढी हाइड्रोपावरमा न्यूनतम १० कित्ता र अधिकतम ५० कित्ता शेयर पाउने छन्।

रसुवागढीको शेयरमा लगानीकर्ताले १० कित्ताकै दरमा आवेदन दिएपछि आवेदनकर्ताले ५० कित्तासम्म शेयर पाउने भएका हुन्। करिब २५ हजार ६ सय आवेदकले थप १० कित्ताको दरले शेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्कासन गरेको थियो।

सान्जेन जलविद्युतको आइपिओ न्यूनतम १० कित्ता र अधिकतम ३० कित्तासम्म पाउने छन्। कम्पनीले सर्वसाधारणको लागि ४९ लाख ८२ हजार २५० कित्ताको शेयर निष्कासन गरेको थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411