जापानमा नरुहितो बने राजा, ‘नयाँ युग’ सुरु

बुद्धबार, बैशाख १८, २०७६ साल,
काठमाडौं । जापानमा नरुहितोले राजगद्दी सम्हालेका छन् । उनले गएराति औपचारिक रुपमा सिंहासन सम्हालेका हुन् ।

सन् १९८९ मा गद्दी आरोहण गरेका अकिहितोले ३० वर्षपछि मंगलबार पद त्यागेका थिए । आफू वृद्ध भएको र अस्वस्थ भएको भन्दै अकिहितो गद्दी त्यागेपछि उनका छोरा नरुहितो जापानको नयाँ राजा बनेका हुन् ।

उनलाई इम्पिरियलको च्याम्बरमा एक तलवार दिइयो, जुन वीरताको प्रतीक मानिन्छ । उनलाई जापानको शाही खजाना पनि दिइएको थियो । यसलाई सामान्य तर गहन सांकेतिक अर्थ राख्ने विधि मानिन्छ ।

नरुहितो नयाँ राजा बनेपछि जापानमा ‘रेवा’ अर्थात् ‘नयाँ युग’ सुरु भएको बताइन्छ । नयाँ राजा पाएको खुसियालीमा जापानमा २२ अक्टुबरसम्म बिभिन्न समारोह आयोजना भइरहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

५९ वर्षीय नरुहितो सामु आफ्नो परम्पराको बीच शाही परिवारलाई आधुनिक बनाउने र समकालीन जापानमा आफ्नो प्रासंगिकता कायम राख्ने र बुवा अकिहितोको विरासत जोगाउने चुनौती छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411