सेयर बजार २१ अंकले बृद्धि, ३९ करोड ५० लाख रुपैयाँको कारोबार

मंगलवार, जेष्ठ २६, २०७२ साल,
काठमाडौ । सेयर बजार २१ अंकले बढेर ९ सय ६६ दशमलब ४९ अंकमा कायम भएको छ । क बर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि चार दशमलब ८३ अंकले बढेर २ सय ६ दशमलव ८६ कायम भएको छ । मंगलबार नेप्सेका सबै सुचकहरु बढेका छन् । जलविद्युतको सुचक सबैभन्दा बढि ५९ दशमलब ७१ अकंले बढेको छ । तर बित्त समुह भने चार दशमलब ८५ अंकले मात्रै अघि बढेको छ ।
 
मंगलबार पुँजी बजारमा १ सय ३४ कम्पनीको सेयर किनबेच भएको छ । १ सय ३४ कम्पनीको आठ लाख ९२ हजार दुई सय ६१ कित्ता सेयर दुई हजार चार सय २४ पटक कारोवार भएको छ । यी सेयरबाट बजारमा ३९ करोड ५० लाख ५४ हजार ३ सय ६८ रुपैयाँको  कारोबार भएको छ ।
 
मंगलबार भिबोर बिकास बैंक, एनआइडिसि क्यापिटल मार्केट र युनिक फाइनान्स कम्पनीका लगानिकर्ताले सबैभन्दा बढि कमाएका छन् । तर नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजि इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढि गुमाउन पुगेका छन् । त्यस्तै नेपाल बैंक लिमिटेड, एभरेष्ट बैंक र बैंक अफ काठमाडौको भने पुजी बजारमा सबैभन्दा बढि कारोवार भएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411