नेप्से दोहोरो अंकले घट्यो, ९५ करोड रुपैयाँको शेयर किनबेच

मंगलवार, बैशाख १७, २०७६ साल,
काठमाडौं । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्सेमा देखिएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । नेप्से मापन गर्ने सूचक ११.७० अंकले घटेर १२९८.६० बिन्दुमा रोकिएको छ ।

मंगलबार १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता सेयर सेयर ९५ करोड ८६ हजार ९३६ रुपैयाँको सेयर किनबेच भएको छ । ११ उपसमूहको कारोबारमा जलविद्युत ४५.४९, वित्त १.०३ अंकले बढेको छ भने बाँकी सबैको कारोबारमा गिरावट आएको छ ।

मंगलबार कारोबार रकममा आधारमा नेपाल लाइफ इन्स्योरेन्सको अग्रस्थानमा रहेको छ । नेपाल लाइफाको १६ करोड ७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र अप्पर तामाकोशी हाईड्रोपावर रहेका छन् ।

कारोबारमा सानिमा माई हाईड्रोपावर, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, यूनाईटेड मोदी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाउँदा राष्ट्रिय बीमा कम्पनी, एशियन लाइफ इन्स्योरेन्स जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411