जापानमा १० दिन छुट्टी दिइएपछि रिसाए जनता

मंगलवार, बैशाख १७, २०७६ साल,
एजेन्सी । जापानमा ३० वर्षपछि नयाँ राजा देखिने भएका छन् । बुधवार जापानी सम्राट् अकिहितोले तरवार दिएर राजगद्दी आफ्ना छोरा नारुहितोलाई सुम्पिन लागेका छन् ।

यस विशेष अवसरलाई उत्सवका रूपमा मनाउन सरकारले १० दिन छुट्टीको घोषणा गरेको छ । मानिसहरू छुट्टी पाएपछि खुशी होलान् भनेको छ चित्त नबुझाएर यसको आलोचना गरिरहेका छन् ।

जापानमा २७ अप्रिलदेखि ६ मेसम्म बिदा दिइएको छ । बिदाका विषयमा कामकाजी मानिसमाथि गरिएको सर्वेक्षणमा आधीभन्दा बढीले यति लामो छुट्टी आफूहरूलाई चित्त नबुझेको बताए ।

यसअघि गृहिणी र सेवानिवृत्त मानिसहरूलाई सर्वेक्षणमा समावेश गरिएको थियो । उनीहरूमध्ये बहुसंख्यकलाई लामो बिदा मन नपरेको देखियो ।

केही पत्रिकाले त यसलाई शताब्दीकै सबभन्दा खत्तम विचार भनी टिप्पणी गरे । यो निर्णयले धनी मानिसहरूलाई मात्र खुशी बनाएको बताइएको छ । जनताले १० दिनको छुट्टी हुँदा अबको १० दिन झन् धेर काम गर्नुपर्ने बाध्यता आइलाग्ने भनी लेखेका छन् ।

लामो बिदाप्रति असन्तुष्ट हुनुमा अनेकौं कारण छन् । केहीले बिदाका बेलामा यात्रा महंगिने बताएका छन् । केहीले पर्यटकीय स्थलमा भीड बढ्ने चिन्ता व्यक्त गरेका छन् ।

बैंक र बालबालिका स्याहार केन्द्र बन्द हुने भनी केहीले चिन्ता व्यक्त गरेका छन् । केहीले चाहिँ कामदारलाई छुट्टी सकिएपछि ओभरटाइम काम गराइने भनी चिन्ता व्यक्त गरेका छन् ।
 


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411