किसान माइक्रोको ८० हजार कित्ता सेयर निष्काशन, आवेदन असार १ गतेदेखि
मंगलवार, जेष्ठ २६, २०७२ साल,
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय सस्था लिमिटेडले ८० हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । असार १ गतेदेखि साधारण सेयरको विक्री खुल्ला हुनेछ ।
सस्थापक सेयर धनीको ६० र सर्वसाधारण लगानीकर्ताको ४० प्रतिसत हिस्सा हुनेछ । सस्थापक सेयरधनीले एक करोड २० लाख रुपैयाँ चुक्तापुजी हालेका छन् ।
सर्वसाधारणलाई छुट्याइएको मध्ये चार हजार कित्ता सेयर छ वटा सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । त्यस्तै कर्मचारीले दुई हजार चार सय कित्ता सेयर पाउनेछन् । कर्मचारी र सर्वसाधारणका लागि ७६ हजार कित्ता सेयरका लागि आवेदन खुल्ला गरिएको हो ।
सर्वसाधारण न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्ता सेयर किन्न आवेदन दिन पाउँछन् । निष्कासन छिटोमा असार ४ गते बन्द हुनेछ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त भएको छ । सिभिल क्यापिटलको कार्यालय, किसान माइक्रोफाइनान्सको छ वटा शाखा, एपेक्स डलेभपलमेन्ट बैंकको इटहरी शाखा, तिनाउ विकास बैंकको बुटवल शाखा र काठमाडौं फाइनान्सको डिल्लीबजार स्थित कार्यायलमा सेयर आवेदन फर्म बुझाउन सकिनेछ ।
अछाममा मुख्य कार्यालय रहेको यो वित्तीय सस्थाको कार्यक्षेत्र १० जिल्ला छन् । सस्थाले चालु आर्थिक वर्षमा ५३ लाख रुपैयाँ खुद मुनाफा कमाउने लक्ष राखेको छ ।