जापानी राजाले आज गद्दि त्याग्दै

मंगलवार, बैशाख १७, २०७६ साल,
एजेन्सी । जापानका राजा अकिहितोले आज आफ्नो गद्दी त्याग्दै छन्। २ सय वर्षको इतिहासमा उनी पहिलो राजा हुन् जस्ले जिउँदै आफ्नो गद्दी छोडेका छन्।

८५ वर्षीय अकिहितो पछि उनका छोरा नरूहितोले भोली गद्दी सम्हाल्ने छन।

राजाले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ। तर पनि अकिहितोले आफू रोगी र बुढो हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले  जिम्मेवारीबाट मुक्त हुन चाहेको बाएका थिए। २०१६ देखि नै उनले यस्तो इच्छा व्यक्त गरेपनि कानुनी कारणले गद्दी त्याग्न पाएका थिएनन्।

जापानी संसदले कानुनी बन्देज फुकाइदिएपछि उनले गद्दी त्याग गर्ने भएका हुन्। आज स्थानीय समयअनुसार बेलुकी ८ बजे उनले गद्दी छोड्ने अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन्।

भोली राजगद्दि सम्हाल्ने उनका छोरा नरूहितोकी एकमात्र सन्तान छन्, छोरी । तर उनले आफ्नो बावुको राज्याभिषेक भने हेर्न पाउने छैनन्। राजपरिवारका महिलाले समेत राज्याभिषेक हेर्न नपाउने कानुन छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411