नेपाल एग्रो लघुवित्तको आईपिओ बाँडफांड, कतिलाई पर्यो शेयर ?

मंगलवार, बैशाख १७, २०७६ साल,
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई बैंकिंगले मंगलबार बिहान शेयर बाडफांड गरेको हो ।

कम्पनीले बैशाख ८ गतेदेखि  १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता आइपीओ बिक्रीमा राखेको हो। जसमध्ये २४ सय ८९ कित्ता कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता सामुहिक लगानी कोषलै छुट्याइएको छ । बाँकि रहेको १ लाख ५१ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।

आईपिओमा कुल ३ लाख १५ हजार ६ सय ३० आवेदकले आवेदन दिएका थिए । जस मध्ये ७ सय ५ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका ३ लाख १४ हजार ९ सय २५ आवेदक मध्येबाट १५ हजार १ सय २० आवेदकले गोलाप्रथाबाट समान १० कित्ता शेयर पाएका छन् । ३ लाख ५ सय १० आवेदक भने हात खाली भएका छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411